आठौं ‘जब फेयर’ सम्पन्न, चार दर्जनभन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता |
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम) को आयोजनामा सञ्चालित आठौं ‘जब फेयर’ सम्पन्न भएको छ । मंगलवारदेखि जारी २ दिने कार्यक्रममा देशभरका चार दर्जनभन्दा बढी प्रतिष्ठित कम्पनी सहभागी रहेको आयोजक कुसोमले जानकारी दिएको छ ।
कार्यक्रममा विद्यार्थीलाई रोजगारीका विभिन्न विषयमा रोचक ढंगले तालीम दिइएको थियो । यससँगै चौधरी ग्रुप, गोरखा ब्रुअरी, वैद्य ग्रुप, सिद्धार्थ बैंक, नबिल इन्भेष्टमेण्ट, लक्ष्मी ग्रुप, ग्लोबल आईएमई क्यापिटललगायत संस्थाले विद्यार्थीसँग रोजगारीका लागि अन्तर्वार्तासमेत लिएका छन् ।
विश्वविद्यालयले वर्षेनि आयोजना गर्दै आएको उक्त कार्यक्रममा यस वर्ष १ सय ३० जना विद्यार्थी सहभागी थिए ।