नबिल बैंक दोस्रोपटक यूरोमनीबाट ‘नेपालको उत्कृष्ट बैंक’ घोषित |
काठमाडौं । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रोपटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ घाेषित गरी पुरस्कार प्रदान गरेकाे छ ।
बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ। नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट ठहराउँदै पुरस्कृत गरिएको हो ।
सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ ।
‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रियस्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।
नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।