उपत्यकामा ३१ जना सहित २४६ जना कोरोना संक्रमित थपिए, १११ जना डिस्चार्ज |
काठमाडौं । आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ ।
आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०∕१०, स्याङ्जाका ८ जना तथा महोत्तरी र कास्कीका ५र५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपुर र लम्जुङका ३∕३ जना, सर्लाही, रौतहट र तनहुँका २∕२ जना तथा चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक∕एक जनामा संक्रमण पुष्टि भएको छ ।