एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा १.६६ गुणा बढी आवेदन पर्यो |
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शुक्रबारदेखि बिक्रीमा ल्याएको आइपीओमा १.६६ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार बिहान १० बजेसम्ममा १ लाख ३० हजार ३०१ जना आवेदकबाट ५२ करोड ६८ लाख ४२ हजार रुपैयाँ बराबरको ५२ लाख ६८ हजार ४२० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि आवेदन दिन सक्नेछन ।
सो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा साउन २१ गते हुनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।