परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा भवानी राणा |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनीत भएकी छिन् । बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा ३ वर्षका लागि मनोनीत गरेको हो ।
प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वसांसद लालबाबु यादव, डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्रा.डा. मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, अधिवक्ता हरि फुयाल मनोनित भएका छन् ।
राणाले सो पदमा रहेर निजी क्षेत्रको सुझावसहित सम्पूर्ण आर्थिक क्षेत्रकै रुपान्तरणका लागि पहल गर्ने बताइन् ।