प्रभु इन्स्योरेन्स र ओम हस्पिटलबीच नगदरहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता |
काठमाडौं (आपास) । प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच नगद रहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित वज्राचार्य तथा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्mभौतासँगै अब प्रभुबाट औषधोपचार बीमा गराउने ग्राहकहरूले ओममा स्वास्थ्योपचार गराउँदा नगद नभए तापनि बीमालेखको सीमासम्म नगदरहित स्वास्थ्य सुविधा पाउनेछन् ।