भाइबर कम्यूनिटिको नयाँ रियाक्सनस् फिचरका साथ अझ सशक्तरुपमा आफ्नो भावना व्यक्त गर्न सकिने |
काठमाडौं । निːशुल्क एवं सजिलो सञ्चारको लागि विश्वका अग्रणी एपहरुमध्येको एक– राकुटेन भाइबरले यसको प्लेटफर्ममा रहेको लाइक फिचरलाई अर्को स्तरमा पुर्याउन कम्यूनिटिहरुमा सन्देश प्रतिक्रियात्मक सुविधा शुरु भएकोे जानकारी गराएको छ ।
विश्वव्यापी रुपमा तत्काल सन्देश प्रवाहित हुने माग बढिरहेको सन्दर्भमा भाइबरले आफ्ना प्रयोगकर्ताहरुको सिर्जनात्मक क्षमता विस्तार हुने गेरी उनीहरु आफैले सन्देश मार्फत् आफ्नोे भाव पूर्ण रुपमा अभिव्यक्त गर्न सक्ने सुनिश्चित्ता दिएकोे छ ।
भाइबरले #WorldEmojiDay को अवसर पारेर आफ्नो कम्यूनिटिहरुमा भाव व्यक्त गर्ने ‘इमोसन्स्’ मेसेज रियाक्सनस् फिचर थप गरी प्रयोगकर्ताहरुलाई अझ बढी राम्रो तरिकाले आफ्नो भावना व्यक्त गर्नका लागि सशक्त बनाइदिएको छ ।
सन्देशहरुमा आफ्नोे प्रतिक्रिया व्यक्त गर्न प्रयोगकर्ताहरुले कुनै सन्देशको अर्को छेऊमा रहेको हार्ट आइकनलाई एकैछिन ट्याप गरेर आफ्नो लाइक, हाँसो, आश्चर्य, दुःख, वा क्रोध भाव जनाउन सक्छन् । यी विभिन्न किसिमका भावावेगहरुले प्रयोगकर्ताहरुलाई उनीहरुको कम्यूनिटिमा सेयर गरिएको मेसेज, मिडिया वा अन्य फाइलहरु प्रति राम्ररी प्रतित्रिया दिन सशक्त बनाउँछ । सञ्चार दुई तर्फि बाटो हो र त्यसैले प्रयोगकर्ताहरुलाई उनीहरुको सन्देशमा उनीहरुका साथीभाइहरुले के कस्तो प्रतिक्रिया दिएका छन् भनेर जान्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यसो गर्नका लागि प्रयोगकर्ताहरुले सन्देशलाई धेरैबेर ट्याप गरेर “इन्फो” चयन गरी आफ्नोे सन्देशमा अरुहरुले व्यक्त गरेकोे बृहत्तर किसिमका अभिव्यक्तिहरु हेर्न सक्नेछन् ।
“भाइबर आफ्ना प्रयोगकर्ताहरुले सबैभन्दा सटिक तरिकामा आफूलाई व्यक्त गर्न सकुन् भन्ने प्रति प्रतिबद्ध छ । सन्देश पढिरहेको बेला हार्ट फिचर मार्पm्त केवल ‘लाइक’ गर्नाले भावावेगहरुको व्यापकतालाई समाहित गर्न नसकिने भएकाले हामीले अझ धेरै गर्न जरुरी देख्यौँ । यो सन्देश प्रतिक्रियात्मक सुविधाले प्रयोगकर्ताहरुलाई सबैभन्दा सही तरिकाबाट प्रतिक्रिया व्यक्त गर्न सबल गराउँछ ।” भाइबरको सिओओ ओफिर एयालले भने ।
राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । यसका विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैː वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । साथै प्रयोगकर्ताहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।