सुजुकीको नयाँ ‘भिटारा ब्रेजा’ नेपाली बजारमा सार्वजनिक |
काठमाडौं । सुजुकीको नयाँ ‘भिटारा ब्रेजा’ सार्वजनिक भएको छ । सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले १४६२ ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित ‘भिटारा ब्रेजा’ नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ ।
नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर रहेका छन् ।
त्यस्तै, यसमा १७.७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल समावेश छन् ।
नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको कम्पनीको दावी छ ।
स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटरप्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्डर्ड रुपमा राखिएको छ ।
नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पुर्याउने सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए ।
‘चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्छ। नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यसले पनि ग्राहकको मन जित्नेछ,’ चौधरीले भने ।
कम्पनीले भिएक्सआई भेरियन्टको ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ६९ हजार निर्धारण गरेको छ। पहिलो ५० ओटा भिटारा ब्रेजा बुकीङ गर्नेलाई बजार मूल्यमा ३ लाख ७० हजार छुट दिइने कम्पनीले जनाएको छ ।