स्पर्स लघुवित्तका प्रशिक्षार्थी फिल्ड कर्मचारीलाई लघुवित्त तालीम |
काठमाडौं (आपास) । स्पर्श लघुवित्त वित्तीय संस्थाले आफ्ना २० वटै शाखा कार्यालयमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीलाई दुईदिने आधारभूत लघुवित्त तालीम दिएको छ । व्यवसाय वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाले जानकारी दिएको छ ।
यही साउन २७ र २८ गते सञ्चालन भएको उक्त तालीममा संस्थाका विभिन्न शाखा कार्यालयमा कार्यरत ३५ जना प्रशिक्षार्थी फिल्ड सहायकको उपस्थिति रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
तालीममा फिल्ड कर्मचारीलाई लघुवित्तसम्बन्धी आधारभूत ज्ञान दिने, फिल्डमा कार्य गर्दा आइपर्ने समस्या निराकरणका उपायका बारेमा जानकारी दिने, कर्मचारीलाई लगानी बचत तथा जीवन बीमाका बारेमा जानकारी गराएको थियो ।