एनआईसी एशिया र प्रभु लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशियाबाट प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रभु लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने र एनआईसी एशिया बैंकका निमिक्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
अब जीवन बीमाको प्रिमियम एनआईसी एशिया बैंकमार्फत समेत बुझाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । उक्त सम्झौतापश्चात् प्रभु लाइफ इन्स्योरेन्सका बीमकहरूले एनआईसी एशिया बैंकका जुनसुकै शाखामार्फत जीवन बीमासम्बन्धी सेवा पाउनेछन् ।