एक वर्षभित्र ब्रिटानिया विस्कुटको नेपालबाटै उत्पादन |
काठमाडौं । एक वर्ष भित्रै ब्रिटानिया विस्कुटको उत्पादन नेपालै शुरु हुनेछ । बारा जिल्लाको परवानीपुरमा उद्योगको निर्माण कार्य तिब्ररुपमा भई रहेको कम्पनीले जानकारी दिएको छ । उद्योग निर्माणमा करीव २ सय कामदारहरु दैनिक खटिएका छन् ।
वाडिया गुपको १ अर्ब ११ करोडको लगानीमा स्थापना हुने यो उद्योगले ३ सय ४५ जनालाई रोजगारी दिने बताइएको छ । नेपाल इन्भायरमेन्टल सर्भिसेज परामर्शदाता रहेको कम्पनीले वार्षिक १४ टन बिस्कुट उत्पादन गर्ने छ । त्यस्तै १ वर्षमा १ अर्बको कारोबार गर्ने अनुमान गरिएको छ ।
ब्रिटानियाले आफ्नो प्रमुख ब्राण्ड गुड डे को ब्राण्ड एम्बेस्डर घोषणा कार्यक्रममा यस्तो जानकारी दिएको हो । कम्पनीले गुड डेको ब्राण्ड एम्बेस्डरमा नायिका प्रियंका कार्कीलाई नियुक्त गरेको छ ।