भाइबरको ‘गुड भाइब्स बट‘ मा जोडिदा अब साथीहरुसँग अझ धेरै रमाइलो | यो इन–एप बटले खेलहरु खेलाउनुकासाथै पुरस्कार पनि जिताउने
काठमाडौं । के तपाईं आफ्नो साथीहरुलाई याद गर्दै हुनुहुन्छ ? अब ती साथीहरुसँग तपाईंले अझ बढि रोमाञ्चक ढङ्गमा च्याट गर्न सक्नुहुन्छ । विश्वकै सबैभन्दा ठूलो सञ्चार प्लेटफर्महरुमध्ये एक, राकुटेन भाइबरले ल्याएको छ, एक नयाँ र मनोरञ्जनपूर्ण गुड भाइब्स बट । जसलाई तपाईंले आफनै भाइबर एपभित्र पाउन सक्नु हुनेछ । रमाइला खेलहरुका साथ फ्रि स्टिकरहरु जित्ने तथा भाइबर आउट क्रेडिट्स सित्तैंमा पाउने मौकासहितको यो बट यस मैसेजिङ्ग एपको मज्जा लिने पूर्णतː नयाँ उपाय हो ।
अहिलेको सामाजिक दूरीको यो युगमा, गुड भाइब्स बटले तपाईंलाई सम्पर्कमा राखि राख्छ र साथीभाइहरुसँग रमाइलो गराउँछ । बटलाई सञ्चान गरी तपाईंको आफ्नै एभटार बनाएपछि तपाईंले विभिन्न खेलहरु खेल्न सक्नु हुन्छ । साथीहरुले एक–अर्कोको डिजिटल स्ल्याम बुकहरु भर्न, अरुहरुलाई खेलको लागि इनभाइट गर्न, र नयाँ ‘मेमोरिज’ हरु सिर्जना गर्न सक्छन् । बास्केटबल, ह्वाक ए मोल इन द होल, चप चप, स्प्ल्यास र एग पार्टी जस्ता खेलहरुका साथ भाइबरले तपाईंका साथीहरुसँगको दूरीका बावजूद पनि तपाईंलाई नयाँ तरीकाबाट रमाउन साथ दिइरहनेछ ।
बटले ‘गुड भाइब्स’ मात्र नदिइ यस्को साथमा राम्रो पुरस्कारहरु पनि प्रदान गर्दछ । मेहनतका साथ खेलि साप्ताहिक लिडर बोर्डमा आउनु भएमा तपाईंले फ्रिमा पेड एनिमेटेड र म्युजिकल स्टिकर प्याकहरु पुरस्कार स्वरुप प्राप्त गर्न सक्नुहुनेछ । साथ,ै लिडर बोर्डमा रहेका १० खेलाडीहरुले हरेक महिना ५ डलरको भाइबर आउट क्रेडिट्स जित्ने मौका पनि प्राप्त गर्नेछन् ।
राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । यसका विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैː वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । साथै प्रयोगकर्ताहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।