‘युथ इटर्निटी’ नामकको नयाँ स्किन क्रिम बजारमा |
काठमाडौं (आपास) । द हिमालय ड्रगले ‘युथ इटर्निटी’ नामक छालाको क्रिम बजारमा ल्याएको छ । ‘एडेलवाइस’ नामक दुर्लभ बिरुवालाई स्टेमसेल्स प्रविधिबाट तयार पारिएको उक्त क्रिमको गत आइतवार लञ्च गरेको हो ।
यो क्रिमले छालालाई सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको दाबी छ । वातावरणीय प्रदूषण, तनाव, खराब खानपिनजस्ता कुराले छालाको एजिङ प्रक्रिया तीव्र गतिमा हुने भएकाले यो क्रिमले यस्ता समस्यालाई कम गरेर छालालाई पुनर्जीवित पार्न मद्दत गर्ने कम्पनीले बताएको छ । युथ इटर्निटीअन्तर्गत तीनओटा उत्पादन डे क्रिम, नाइट क्रिम र अण्डर आइक्रिम रहेको कम्पनीले जानकारी दिएको छ ।