शेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुर्याइयो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत कायम गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको हो ।
यसअघि यस्तो कर्जाको सीमा ६५ प्रतिशत रहेको थियो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्दा १२० दिनको औषत मूल्य वा बजार मूल्य जुन कम छ त्यसलाई आधार मानी कर्जा प्रवाह गर्न सक्ने भएका छन् ।
शेयर धितो मूल्याँकन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औषत मूल्य वा शेयरको प्रचलीत बजार मूल्यमा जुन कम हुन्छ त्यसको आधारमा शेयर धितोको मूल्याँकन गर्ने व्यवस्था थियो। यसलाई परिवर्तन गरी १२० दिन कायम गरिएको हो ।