माउण्टेन इनर्जी नेपाल लाई आईपीओ निष्काशनको अनुमति |
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले हाल कामय जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँको आईपीओ निष्काशन गर्न असार २५ गते बिहिबार अनुमति पाएको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्नेछ । त्यस मध्ये कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।
आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।