नवलपरासीको बौदीकाली गाउँपालिकामा जनता बैंकको नयाँ शाखा |
काठमाडौं (आपास) जनता बैंक नेपालले पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो नयाँ शाखासहित अब बैंकको शाखा संख्या १ सय २२ पुगेको छ ।
बौदीकालीमा शाखा स्थापना भएपछि, बैंकिङ कारोबारका लागि सर्वसाधारण तथा व्यवसायीलाई राजमार्गआसपास आउनैपर्ने बाध्यताको अन्त्य भएको बैंकले बताएको छ । बैंकले उक्त शाखाबाट निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ ।
बैंकले देशभर फैलिएका १२२ शाखा, ७० एटीएम, २ एक्स्टेन्सन काउण्टर र ४० शाखा रहित बैंकिङ इकाइबाट ५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।