भाइबरले ल्यायो नयाँ विशेषतायुक्त फिचर, अब आफ्नै जिआइएफ सिर्जना गर्न सकिने |
काठमाडौं । काठमाडौं । राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि एक विशेष प्रकारको जिआइएफ निर्माण गर्न मिल्ने फिचर प्रस्तुत गरेको छ । जसको सहायताले प्रयोगकर्ताहरुले आफ्ना परिवार र साथीहरुलाई रमाइलो जिआइएफ सिर्जना गरेर पठाउन सक्ने जनाइएको छ ।
विश्वभरमा तत्काल मेसेजिङ्गको माग बढिरहेको अवस्थामा भाइबरको नयाँ जिआइएफ फिचर भने भाइबरले गत महिनामात्र शुरु गरेको २५० जनासम्म सामूहिक च्याट गर्ने र २० जनासम्मको भिडियो कल गर्ने सुविधायुक्त विशेषतामा थप एक अर्को सुविधा हो । नयाँ जिआइएफ क्रिएटर आइओएसमा शुरु भैसकेको छ र एण्ड्रोइडमा अर्को हप्तादेखि शुरु हुनेछ ।
अक्सर कसैले पठाएको लेख्य सन्देश बुझ्न अत्यन्त गाह्रो पर्ने गर्दछ । इमोजिहरुले यदाकदा सहयोग गरेतापनि लेख्यमार्फत् व्यक्त गर्न सकिने भाव सीमित नै हुन्छ । भाइबरको नयाँ अनुकलन योग्य जिआइएफ फिचर, यसको पहिले नै शुरु भैसकेको नयाँ अनुकूलन योग्य स्टिकरमा एक थप हो, र यो लेखनमार्फत् गरिने सञ्चारलाई बदलेर अझ सजिलो र सटिक बनाउने लक्ष्य हो, जुन यसभन्दा अघि भएको थिएन ।
कुनै पनि च्याटमा भाइबर प्रयोगकर्ताहरुले एपमा रहेकोे नयाँ क्यामराको सहायताले छोटो भिडियो रेकर्ड गरेर वा उनीहरुको ग्यालरीबाट रोजेर त्यसलाई बुम¥याङ, छिटो चल्ने वा रिभर्स चल्ने रमाइलो जिआइर्एफमा परिवर्तन गर्न सक्नेछन् ।
यसरी भिडियोलाई नयाँ जिआइएफमा बदल्नुहोस्
– जिआइएफमा शुरु गर्न भिडियोलाई काँटछाँट (ट्रिम) गरेर सही अँश छान्नुहोस् ।
– जिआइएफको लागि प्ले मोड मार्फत् बुम(याङबाट अन्त्यहीन लूप गर्ने, रिभर्स मोड गर्ने, स्लो–चल्ने, र २ गुना वा ४ गुना छिटो चल्ने मोड रोज्नुहोस् ।
– नयाँ जिआइएफलाई विभिन्न फन्टहरु र कलरहरुका साथसाथै डूडल र स्टिकरहरुको प्रयोग गरी स्टाइल थप्नुहोस् ।
“खास गरेर अहिलेको समयमा भाइबर आफ्नो प्रयोगकर्ताहरुलाई तत्काल सन्देशमा विभिन्न तरिकाहरुद्वारा सञ्चार आदान प्रदान गरी भावना अभिव्यक्त गराउन र प्रयोगकर्ताहरुलाई सशक्त बनाउन प्रतिबद्ध छ । भाइबरमा हामीले सधैं भन्दै आए जस्तै यदि एउटा इमोजिले एउटा शब्द बोल्छ भने जिआइएफ र स्टिकरहरुले पूरा वाक्य नै व्यक्त गर्न सक्छन् र अब हाम्रो नयाँ आफ्नै जिआइएफहरु बनाउन मिल्ने फिचरका साथ प्रयोगकर्ताहरुले अझ बढी सटिक तवरमा र बढी रमाइलो तरिकाले आफूलाई अभिव्यक्त गर्न सक्नेछन् ।” राकुटेन भाइबरका सिओओ ओफिर इयालले भनेका छन् ।