मोटरहेडले ल्यायो ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम |
काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम ल्याएको छ ।
मोटरहेड ब्राण्डका डर्ट, स्क्र्याम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउँदै आइरहेको उक्त कम्पनीले कोभिड–१९ ले निम्त्याएको अहिलेको असहज परिस्थितिमा यस अफरले केही हदसम्म आफ्ना ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउने विश्वास राखेको छ ।
कम्पनीले आफ्नो ५ मोडल टेक्कन २५०, एमएच २०० एक्स, स्पोर्ट्स २५० (रोड भर्सन), स्पोर्ट्स २५० (अफरोड भर्सन) र एक्स टर्क २५० (स्ट्रिट भर्सन) मा सिधै १५ हजार र अन्य दुई मोडल एमएच १५०आर (स्ट्रिट भर्सन) र स्क्र्याम्बलर (स्ट्रिट भर्सन) मा २० हजार सम्म छुटको व्यवस्था गरेको छ ।
यी फ्ल्याट डिस्काउन्ट वाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बिमाको साथ खरिदकर्ताको फ्रि कोभिड बीमा पनि गराउने छ । परिस्थिति जस्तो सुकै भए पनि ग्राहकको मनस्थितिलाई सदैव सकारात्मक राख्ने कम्पनीको लक्ष्यलाई यस अफरमार्फत ग्राहकको चाहनालाई सहज वातावरण उपलब्ध गराउने कम्पनीको विश्वास रहेको छ ।
नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट यो अफर प्राप्त गर्न सकिने छ । सो अफर यही असार १२ देखि लागु हुनेछ ।