बजाज पल्सर १५० टीडी नेपाली बजारमा | मूल्य रू. २ लाख ५५ हजार ९ सय
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एचएच बजाजले नेपाली बजारमा ‘बजाज पल्सर १५० टीडी’ भित्र्याएको छ । आइतवारदेखि नै विक्री वितरण शुरू गरिएको उक्त बाइकमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न तीन कलर भेरियन्ट नीलो, कालो, रातो तथा ब्ल्याक क्रोममा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । ड्यूल डिस्क ब्रेक दिइएको यस बाइकमा मोटो ह्वील, मोटो टायर, च्येसिस र सकर पनि पहिलेका बाइकको तुलनामा ठूलो बनाएर ल्याइएको छ, जसले गर्दा युवा पिँढी आकर्षित हुनेछन् । युवा पुस्तालाई लक्षित गरेरै बनाइएकाले यस बाइकमा थुप्रै परिवर्तन गरिएको छ । बाइकमा स्प्लिट सिट राखिएको छ भने स्प्लिट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेससमेत बढाइएको छ । यसमा दिइएको पछाडिको टायर मोटो छ । बाइकमा मस्कुलर लूक दिइएको छ ।
पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिण्डर डीटीएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । ५ गियरमा उपलब्ध यस बाइकमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ ।
पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाइजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य २ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘प्रोडक्टको डिजाइन, क्वालिटी र उत्कृष्ट इञ्जिन टेक्नोलोजीले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाइमा परेको हो । बजाजले जसरी आफ्ना उत्पादनमा प्रविधिको प्रयोग गरिरहेको छ, त्यसले सधैं आफूलाई अब्बल प्रमाणित गर्दै आएको छ । यो सेगमेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर १५० टुइन डिस्कले चालकको एक्स्पेक्टेशन पूरा गर्नेछ ।’