बिएस ६ कम्प्लेन्ट फोर्ड २०२० खरीदमा आर्कषक अफर, खरीद गर्ने उपयूक्त समय |
काठमाडौं । फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जिओ अटोमोवाइल्स् प्रालिले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बिएस ६ कम्प्लेन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ ।
यस अन्तर्गत ग्राहकले १० वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिसत डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको वीमा, एक्सचेन्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएका छन् । १० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ । कम्पनीको अनुसार अहिले यो अफर नेपालीबजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२०मा बनेका बिएस ६ अन्तर्गत गाडीमा यो अफर मान्य छ ।
- १० वर्षसम्मको फाइनान्स सुविधा
- ३० प्रतिशत डाउन पेमेन्ट भुक्तानीका साथै स्थगित भुक्तानी सुविधा
- परिवारको लागि कोभिड –१९ विमा सुविधा (१ लाखसम्म प्रति व्यक्ति)
- विशेष नगद छुट, एक वर्षको वीमाका साथै अन्य धेरै अफहरु
जिओ अटोमोवाइल्सले फोर्ड अनलााइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु वुझ्न तथा हेर्न सकिन्छ । सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै बुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ ।