इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ नेपालमा |
काठमाडौं । नेपालका लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालमा इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ को आधिकारिक रूपमा सार्वजनिक गरेको छ । पशुपति ट्रेड लिंक मुरारका अर्गनाइजेशनअन्तर्गतको एक भगिनी संस्था हो ।
कम्पनीले एङ्कर ब्राण्डका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, यूएसबी केवल, ब्लुटूथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लुटूथ स्पिकर नेपाली बजारमा उपलब्ध गराउने जानकार िदिएको छ । कम्पनीले भित्र्याउने यी सामानहरुमा १८ महिनाको रिप्लेसमेन्ट वारेन्टी रहेको बताएको छ ।
एंकरको नेबुला मार्स प्रोजेक्टर ग्राहकको रोजाइमा परेको कम्पनीको दाबी छ । यसमा १० वाटको दुईवटा स्पिकर हुनेछ । यो प्रोजेक्टर एन्ड्रोइड ७.१ मा चल्छ र यसमा बील्ड इन वाइफाइ र ब्लुटूथ दुवै रहेको छ । ८ जीबीको इन्टरनल स्टोरेज रहेको यस प्रोजेक्टरमा अरु डिभाइस कनेक्ट गर्न एक्सटर्नल आईओहरू एचडीएमआई तथा यूएसबी ३.० पोर्ट रहेको छ । यसमा रहेको १२५०० एमएएचको ब्याट्रीले ४ घण्टासम्मको व्याकअप दिने कम्पनीले जानकारी दिएको छ ।
पशुपती ट्रेड लिंकका मार्केटिङ म्यानेजर धीरेन्द्र कुसवाहका अनुसार राम्रो टेक्नलोजी तथा गुणस्तरका स्मार्टफोन, ल्यापटप र इलेक्ट्रोनिक्स सामानहरू किन्न चाहन्छन् तर चार्जर र केबल भने साधारण तथा हाइकपी किन्ने गर्दछन् । सस्तो र कम गुणस्तरका सामानले ठूलो बेफाइदा हुन्छ, जसले आफ्नो बहुमूल्य सामान बिग्रिन पनि सक्छ । उनी भन्छन्, ‘हामीले विश्वस्तरीय ब्राण्ड एङ्कर नेपालमा भित्र्यााएका छौ, यसले ब्याट्री लाइफ, पर्फमेन्स तथा इफिसियन्सीको वृद्धि गर्छ । हामी सबै उपभोक्ताहरूलाई राम्रो सामान खरिद गर्न आग्रह गर्छौं र एंकर एक उपयुक्त र विश्वासीलो छनोट हो ।’