ग्वाल डुब्बामा कन्काईको नयाँ शाखा |
काठमाडौं (आपास) । कन्काई विकास बैंकले झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत र्काीले उद्घाटन गरेका हुन् ।
उक्त नयाँ शाखा सञ्चालनसँगै अब बैंकको शाखा संख्या १७ पुगेको छ । झापा, मोरङ र इलाम कार्यक्षेत्र रहेको उक्त बैंकले गतआवमा करिब १ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।