सार्वजनिक यातायात चल्न नदिइने, निजीमा जोर विजोर लागु | उपत्यका बाहिर भने जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने
काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।
निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।
उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।