वर्ल्ड लिंकको योजना ‘अफर जम्बो खर्चं कम भो’ |
काठमाडौं (आपास) । इण्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ अफर सञ्चालन गरेको छ । कम्पनीले ‘अफर जम्बो, खर्च कम भो’ नामक योजना बजारमा ल्याएको हो । उक्त योजनाअन्तर्गत ग्राहकले ६ महिनाको इण्टरनेट खरिदमा ६ महिनाकै नेट टीभी तथा निःशुल्क सेटअप बक्ससमेत प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
सो योजनाअन्तर्गत २० एमबीपीएस अनलिमिटेड इण्टरनेटका लागि ८ हजार ४ सय, ३० एमबीपीएस अनलिमिटेड इण्टरनेटका लागि ९ हजार ६ सय ३० र ५० एमबीपीएस अनलिमिटेड इण्टरनेटका लागि १२ हजार १ सय ५० अग्रिम भुक्तानी गर्नुपर्ने कम्पनीले बताएको छ । यो योजना भदौ मसान्तसम्मका लागि मात्र सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ ।