पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कारोबार लकडाउन खुलेपछि |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेका सूचीकृत भएको छ । बुधबार कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कुल १० करोड कित्ता शेयरमध्ये सर्वसाधरणलाई निष्काशन गरेको एक करोड ६० लाख कित्ता र संस्थापक तर्फको ८ करोड ४० कित्ता शेयर रहेको छ ।
कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका गरेको थियो ।
त्यसमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि र सर्वसाधारण लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ । सर्वसाधारणलाई निष्काशन गरेको उक्त शेयर चैत २६ गते बुधबार बाँडफाँड भएको थियो ।
कम्पनीको शेयर लकडाउन पछि खुल्ने बजारमा कारोबार हुने गरि नेप्सेमा सूचीकृत भएको हो ।