अब भाइबरमा एउटै भिडियो कलमा २० जनासम्म जोडिन सक्ने |
काठमाडौं । विश्वकै लोकप्रिय च्याटिङ एप भाइबरले अब भिडियो कलमा एकसाथ २० जनासम्म जोडिन मिल्ने सेवा शुरु गरेको छ । कोरोना भाइरसको कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै भिडियो कन्फ्रेन्सिङ एपको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले सो फिचर थप गरेको हो ।
यसभन्दा अघि शुरु गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भैरहेको सन्दर्भलाई दृष्टिगत गरेर यो नयाँ विशेषता भाइबरमा थप गरिएको कम्पनीको भनाई छ ।
सामाजिक दूरीको नियम र मानिसहरुमाझ समुहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ । अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरुदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरुहरुसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी अनलाइन मञ्च जरुरी भएको छ ।
मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरु जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । भाइबरको ग्रुप च्याटहरु र ग्रुप भ्वाइस कलहरुका साथ आमने सामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’ सँग सामना गर्ने एक उत्तम तरिका हो ।
ग्रुप भिडियो कल शुरु गर्न अत्यन्त सजिलो छ । केवल स्क्रिनको माथिल्लो छेऊमा भएको नयाँ ‘भिडियो’ बटन दबाउनुहोस अथवा चालू भइरहेकै भिडियो कलमा थप सहभागीहरुलाई सजिलैसँग थप्नुहोस् ।
ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरुमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताहरुले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रुपमा पिन गर्न सक्नु हुनेछ । साथै प्रयोगकर्ताहरुले आफ्नो भिडियो बन्द गर्न र आफैलाई म्यूट राख्न पनि सक्नेछन र कलको दौरान अन्य कोही सहभागी म्यूट रहेको वा उनीहरुको भिडियो बन्द भएको पनि देख्न सक्नेछन् ।
“हामी हाम्रा प्रयोगकर्ताहरुलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन समर्थ भएकोमा अत्यन्त उत्साहित भएका छौं र यसलाई हामी चाँडै नै अझ विस्तार गर्ने दिशामा अग्रसर छौं । भाइबरले एक महत्वपूर्ण उद्देयका साथ समाजलाई सेवा प्रवाह गर्दै आएको छ, अब त्यसमा पहिलेको भन्दा धेरै यसले प्रयोकर्ताहरुलाई सजिलै सञ्चार गर्न सक्षम बनाएको छ । हाम्रो जीवनमा भिडियो छलफल पहिले भन्दा अझ ज्यादा हुनेछ, यसैले हामीले यो नयाँ विशेषता शुभारम्भ गर्ने निर्णय गरेका हौं र प्रयोगकर्ताहरुलाई वास्तवमा नजिक ल्याउने अर्को कदम हो जब आमने–सामने मिटिङ्ग गर्ने अरु कुनै विकल्प छैन ।” भाइबरका सीओओ अफिर एयालले बताए ।
सामाजिक दूरीको कारण मानिसहरु बिच चाहिँ दूरी आउनु हुँदैन । भाइबरको साथमा तपाईंले आफ्ना सहकर्मीहरु, साथीहरु र परिवारसँग स्वस्थ र सुरक्षित रहेर पनि आमने सामने भएर कुराकानी गर्न सक्नु हुन्छ ।
यो ग्रुप भिडियो कल सञ्चालन गर्न https://vb.me/91fc80 मा जान सक्नु हुन्छ ।
राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । यसको विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । आफ्ना प्रयोगकर्ताहरुलाइ आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । थप सोधपुछका लागि प्रयोगकर्ताहरुले [email protected] मार्फत थप जानकारी लिन सक्नेछन् ।