कुन्ती मोक्तानको बालगीत ‘फेरि कहाँ’ सार्वजनिक |
काठमाडौं । बरिष्ठ गायिका कुन्ती मोक्तानले ‘फेरि कहाँ’ बोलको बालगीत ल्याएकी छन् । कुन्तीकै शब्द समेत रहेको गीतमा शिलाबहादुर मोक्तानले संगीत दिएका छन् ।
गीतको भिडियो समेत बनेको छ । जसमा बालकलाकार अदीति बस्नेत, अस्मिता तामाङ, मजुनु तामाङ र सिमरन गौतमको अभिनय रहेकोछ ।