दीपकको कोरोनासम्बन्धी चेतनामुलक गीत सार्वजनिक, (भिडियो सहित) |
काठमाडौं । यूनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्रचार्यले कोरोना संक्रमणबाट बच्नका लागि चेतनामुलक गीत सार्वजनिक गरेका छन् ।
रिक्की शाक्यको शब्द र दीपककै संगीतमा तयार भएको यो गीतमा दीपकलाई उनकी छोरी चेरिसा बज्रचार्यले गायकीमा साथ दिएकी छिन् ।
यो गीतको म्यूजिक भिडियोमा पनि दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखे समेत प्रस्तुत गरेका छन् । कोरोना भाइरसका कारण चैत्रको पहिलो साता न्यूजिल्याण्डको सांगीतिक कार्यक्रम विचमै छाडेर दीपक र उनको ब्याण्ड नेपाल आएको थियो ।
यसपछि भने उनीहरु १४ दिन होम क्वारेन्टाइनमा पनि बसेका थिए ।