बेलझुण्डी अस्पतालबाट ८ जना संक्रमितले जिते कोरोेना |
दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । दाङको गढवा गाउँपालिकाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना शुक्रबार डिस्चार्ज भएका हुन् । उनीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले नेपाली खादा लगाइदिएर विदाई गरेकी थिइन् ।
अस्पतालका प्रमुख डा. सर्वेस शर्माका अनुसार संक्रमितहरुको २ पटकसम्म स्वाब जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरु सबैलाई यही जेठ २ गते अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरू गरिएको थियो ।
बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अझै ३७ जना उपचाररत छन् ।