दाङमा थप १५ जना र रुकुम पूर्वमा पहिलो पटक ३ संक्रमित भेटिए, संक्रमितको संख्या ८७० पुग्यो |
काठमाडौं । रुकुम पूर्वमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं. ५ अन्तर्गतको हिमाली जिल्ला रुकुम पूर्वमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको परीक्षणमा उनीहरुमा पोजेटिभ देखिएको हो ।
त्यस्तै दाङमा थप १५ जनामा संक्रमण देखिएको छ। बुधबारको रिपोर्टअनुसार दाङको घोराहीमा ७ जना र लमहीमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १८ मा २४, २५, ४० र ४२ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो। त्यस्तै वडा नं. १० का ३४, ४०∕४० वर्षका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
लमही नगरपालिका अन्तर्गत वडा नं. १ मा २६ वर्षीय, २ मा १७ र ३० वर्षीय, वडा नं. ४ मा २६ वर्षीय, ५ मा २०∕२० र २३ वर्षीय, ६ मा १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ ।
दाङमा फेला परेका सबै १५ जना संक्रमित ३र४ दिन अगाडि भारतका विभिन्न स्थानवाट आई क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् । बुधबार पिसिआर विधिबाट परीक्षण गरिएका १ सय ३६ वटा नमुनामध्य १ सय १८ वटाको नेगेटिभ र १८ जनाको पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि दाङका ५ जनामा संक्रमण देखिएको छ । त्यसमध्य तुलसीपुरका एक संक्रमित भने निको भएर घर आइसकेका छन् । यसहित संक्रमितको संख्या ८७० पुगेको छ ।