महालक्ष्मी विकास बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सको तर्फबाट इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरराज लामिछानेले बिहीवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सहमतिसँगै अब उक्त बैंकका ग्राहकहरूले प्रभु लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सेवासम्बन्धी सबै सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।