धानको समर्थन मूल्य तोकियो |
काठमाडौं । सरकारले यो वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले धानको मसर्थन मूल्य तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् । किसानले उत्पादन गरेको धानको कारोबार समयमै होस् भनेर आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले धानको मूल्य तोकेको उनले जानकारी दिए ।
बास्कोटाका अनुसार मोटो धानको प्रतिक्वीन्टल २ हजार ३ सय ३१ रुपैयाँ र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ तोकेको छ । कृषि मन्त्रालयले सिफारिश गरेको धानको न्यूनतम मूल्य मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि धानको कारोबार गर्ने बाटो खुलेको छ । धान उत्पादनको लागत, अहिलेको थोक मूल्य, भारतको न्यूनतम समर्थन मूल्यका आधारमा मन्त्रालयले सिफारिश गरेको हो ।