फर्नेक्स नेपाल २०१८ मेला असोज ४ गते बाट सुरु |
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आगामी असोज ४ गते देखि छैठौं ‘फर्नेक्स नेपाल २०१८’ मेला सुरु हुने भएको छ । मेला असोज ८ गतेसम्म सञ्चालन हुने सङ्घले जानकारी दिएको हो । यस अघि भदौ १४ गतेदेखि हुने भनिएको मेला बिम्स्टेक सम्मेलन सोहि दिन देखि आयोजना हुने भए पछि पर सारिएको हो । मेलामा सहभागि हुनका लागि ९० प्रतिशत स्टल बुकिङ भइ सकेको बताइएको छ ।
मेला काठमाडौं स्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुने छ । सो मेलामा एक् सय वोटा भन्दा बढि स्टल रहनेछन । यसपालीको मेला लाई होम डेकोर विशेष बनाइने बताइएको छ । मेलामा बिभिन्न फर्निसिङका सामाग्रि, अफिस तथा घरायसी फर्निचर, वास्तु परामर्श, होम एप्लायन्सका साथै अन्य घर सजाउने सामाग्रिहरु पर्दशन गरीने बताइएको छ । मेलाले फर्निचर र फर्निसिङसँग सम्बन्धित व्यवसायी, उत्पादक, विक्रेता, क्रेता र सम्बन्धित अन्य पक्षलाई एकै ठाउँमा भेला गरी प्रत्यक्ष भेटघाट गराउने छ । एक्स्पोले नेपाली बजारमा उपलब्ध फर्निचर तथा फर्निसिङका सामग्रीबारे उपभोक्तालाई जानकारी दिनुका साथै स्वदेशी तथा आयातित सामग्री एकैसाथ प्रवद्र्घन पनि गर्ने आयोजकको भनाई छ ।
यसअघि आयोजना गरिएका एक्स्पोको सफलता तथा प्रभावका कारण यसपालिको छैठौं फर्नेक्स एक्स्पो–२०१८ को आयोजना हुन लागेको बताइएको छ । उपभोक्ताले यस मेलामा सामानको मूल्य, गुणस्तर, डिजाइनलगायत विषयमा राम्रोसँग बुझेर खरीद गर्न पाउने छन् ।