नविल बैंकले माग्यो १०० ट्रेनि सहायक | १२ स्थानीय तहमा शाखा विस्तार गर्दै
काठमाडौं । नविल बैंकले १ सय जनाका लागि रोजगारी खोलेको छ । बैकले विभिन्न स्थानीय तहका लागि १ सय जना ट्रेनी सहायक कर्मचारी मागेको हो । बैंकले अगष्ट २२ सम्म आवेदन दिन भनेको छ । यसले एक दर्जन स्थानीय तहमा शाखा विस्तार गर्न ट्रेनी सहायक मागेको हो ।
बैंकले आछामको तर्मखाँड, रामारोशन, वैतडीको पञ्चेश्वर, बझाङको बित्ताचर, डडेलधुराको अलिताल, डोटीको सयाल, जुम्लाको तिला, कालिकोटको पाँचझरना र पलाटा, सुर्खेतको बाराताल, सल्यानको दर्मा र रुपन्देहीको समरीमाई गाँउपालिकामा शाखा विस्तारका लागि ट्रेनि सहयाक मागेको हो ।