महिन्द्रा इलेक्ट्रिक कारको घरमै सेवा |
काठमाडौं । महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले वैशाख २३ गते मंगलबारदेखि २५ गते बिहीबारसम्म आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको छ ।
महिन्द्रा इलेक्ट्रिक कार वर्तमान विश्व स्वास्थ्य महामारीका समयमा अग्रपंक्तिमा रहेर खटिइरहनु भएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको रोजाइ समेतमा पर्दै आएको छ ।
यसबाट अग्रपंक्तिमा रही सेवामा खटिनेहरूको सेवामा थप मद्दत पुग्ने अग्नि ग्रुपले विश्वास व्यक्त गरेको छ । यो सेवा लिनका लागि निम्न नम्बरहरूमा सम्पर्क राख्न ग्रुपले अनुरोध गरेको छ।
रमेश श्रेष्ठ ९८०११३६२०३
ईन्द्र कान्त झा ९८०१९०९२३७
रविन श्रेष्ठ ९८०१९०९२४२