ग्लोबल आईएमई बैंक र दीर्घायु अस्पतालबीच सम्झौंता, १२ प्रतिशतसम्म छुट पाउने |
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैंक र दीर्घायु गुरु अस्पताल एवम् रिसर्च सेण्टरबीच विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौंता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा अस्पतालका प्रवन्ध निर्देशक सुरजबला श्रेष्ठ र बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रवद्र्धन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौंतासँगै अब बैंकका ग्राहकले सो अस्पतालमा स्वास्थ्योपचारमा १२ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार बैंकको डेविट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहकले यस्तो छुट पाउनेछन् ।