वैशाख २८ गते प्री–बजेट छलफल हुने, नीति तथा कार्यक्रम जेठ २ गते |
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने निर्णय गरेको छ ।
जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा आउने र नियमित प्रक्रियामै जाने तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्नु उपयुक्त हुने भएपनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रि–बजेट छलफल हुने नेम्वाङले जानकारी दिए । संसदको बजेट अधिवेशन शुक्रवारबाट शुरु हुँदैछ ।