वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई खतरा छ भन्ने हल्ला मात्रै |
काठमाडौं । अहिले सामाजिक सञ्जालमा क्षुद्रग्रहबारे चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिकै आउने भन्ने हल्ला फैलिएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सोमबार विज्ञप्ति जारी गर्दै क्षुद्रग्रहबारे जानकारी गराएको छ ।
यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखि सबैभन्दा नजिक आउँदैछ । तर अत्यन्तै नजिक हुँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२ लाख ८२ हजार किलोमिटर टाढा रहनेछ । पृथ्वी र चन्द्रमाबीचको औसत दूरी करिब तीन लाख ८४ हजार किलोमिटर छ । त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ ।
यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छैन
यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो । त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो । यो क्षुद्रग्रहको वैज्ञानिक नाम ’५२७६८’ हो । कुनै पनि क्षुद्रग्रहलाई हामीलेरखगोल वैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ । विगत तीन दशकभन्दा बढी समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन । त्यसैले हाल कोही पनि त्रसित हुनुपर्ने अवस्था होइन ।