नेपालभर रेनोकोे एक्सचेन्ज मेला |
काठमाडौं । नेपालभर ʽरेनो क्याप्चर कार्निभलʼ मेला शुरु भएको छ । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालिले साउन २२ गते देखि साउन २९ गतेसम्म मेलाको आयोजना गरेको हो । अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । एडभान्स अटोमोबाईल कम्पनी विशाल समूहको सहायक कम्पनी हो ।
रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई ३ लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस अफर , २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ लगायतका सेवा उपलब्ध गराएको छ । साथै कम्पनीले एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ । मेलामा ग्राहकहरुले टेस्ट ड्राईभ गरेर आकर्षक उपहार जित्न पनि सक्ने छन् ।
रेनो क्याप्चर कार्निभल मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिने आयोजकको बिश्वास छ ।