नयाँ ह्वील टू इन वान साबुन बजारमा |
काठमाडौं (आपास) । बहुराष्ट्रिय कम्पनी युनिलिभरअन्तर्गतको युनिलिभर नेपालले ‘ह्वील टु इन वान’ नामको नयाँ लुगा धुने साबुन नेपाली बजारमा ल्याएको छ । उक्त साबुनको प्रवद्र्धनका लागि कम्पनीले नायिका प्रियङ्का कार्की र नायक एवम् निर्देशक अर्पण थापालाई आबद्ध गरी पत्रिकामा आउने विज्ञापनमा नायिका प्रियङ्का र टेलिभिजनमा आउने विज्ञापनमा प्रियङ्का र अर्पण दुवैलाई सामेल गरेको छ ।
कम्पनीले यो साबुनबारे सर्वसाधारणलाई जानकारी गराउन ह्वील टु इन वानको प्रवद्र्धनात्मक अभियानसमेत शुरू गरेको छ । उक्त अभियानमा उक्त साबुनले गहिरो सफाइ र हजारौं फूलहरूको बासनाबारे जानकारी गराइएको छ ।