उत्तराखण्डको गुफाबाट नेपालीसहित छ पर्यटकको उद्दार |

भारतमा लकडाउनले अलपत्र परेका नेपालीसहित छ पर्यटक गुफामा फेला परेका छन् । उत्तराखण्डको ऋषीकेश शहर नजिकैको गुफामा उनीहरू फेला परेका हुन् ।
चार पुरूष र दुई महिला होटलमा बसोबास गर्दै आएका थिए । उनीहरू पहिले होटलमा बसिरहेको र पछि पैसा सकिएपछि गुफामा बस्न पुगेको सिएनएनले जनाएको छ । उनीहरूलाई प्रहरीले आइतबार उद्दार गरी आश्रममा पठाएको छ ।
ती पर्यटक फ्रान्स, टर्की, यूक्रेन, अमेरिका र नेपालका हुन् । ‘उनीहरू गत मार्च २४ देखि गुफामा बस्दै आएका थिए ।
’आइतबार फेला परेपछि ऋषीकेश नजिकैको आश्रममा पठाएका छौ,’ उत्तराखण्ड प्रहरी प्रवक्ता मुकेश चन्दले भने, ’दुई हप्तासम्म सेल्फ क्वारन्टाइनमा बस्न आग्रह गरेका छौं ।’
उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य छ । उत्तराखण्ड प्रदेशमा मार्च २० देखि बाहिरी आप्रवासीहरूलाई प्रवेश निषेध गरिएको थियो ।