दक्षिण कोरिया जाने नेपाली कामदारले तिर्दै आएको हवाई भाडा सस्तियो | ११८ डलर कम तिर्नु पर्ने
काठमाडौं । ईपीएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपाली कामदारले तिर्दै आएको हवाई भाडादर सस्तो हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा भाडा दर क गर्न लागिएको हो । सरकारले पहिलो पटक कोरिया जाने कामदारको हवाई भाडाका लागि बोलपत्र आव्हान गरेको छ । जसमा सिलिन्स ट्राभल एण्ड टूर्स प्रालिले सबैभन्दा कम ४ सय ११ डलरमै कोरिया लैजाने प्रस्ताव पेस गरेपछि सोही बोलपत्र सदर भएको हो ।
सन २००८ मा शुरु भएको ईपिएस प्रणालीबाट कोरिया जाने यात्रुले ५ सय ४१ डलर बुझाउँदै आएका थिए । सोहि भाडा २०७३ पुस देखि ५ सय २९ दशमलव ७५ डलर बुझाउँदै आएकामा आइतवारबाट कोरिया जाने नेपालीले ४ सय ११ डलरमात्र तिरेर जान पाउने भएका हुन । यसबाट प्रति नेपाली १ सय १८ डलर बचत हुने भएको छ । वार्षिक करीब ८ हजार नेपाली कामदार ईपिएस प्रणलीबाट कोरिया गईरहेका छन ।