'मनग्य मिडिया प्रालि'ले विगत केही महिनादेखि परीक्षणका रूपमा सञ्चालन गरिरहेको डिजिटल पत्रिका ‘आर्थिक पाटी’ आजबाट औपचारिक रूपमा बजारमा आएको छ । सत्य, निष्पक्ष, स्वतन्त्र तथा सन्तुलित सूचना, समाचार र विष्लेषणसहित हामी तपाईंहरूमाझ उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्दछौं । सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई हामी व्यवहारमै देखाउनेछौ । ‘आर्थिक पाटी’ अनलाइन प्रकाशनको लक्ष्य भनेकै निर्भीक र स्वतन्त्र पत्रकारिताद्वारा मुलुकको आर्थिक सम्भावनालाई वास्तविकतामा परिणत गर्ने हो । व्यावसायिक आर्थिक पत्रकारिताको स्पष्ट अठोटसहित आएको यस अनलाइन पत्रिकाले देशमा भइरहेका समसामयिक घटनाक्रमहरूलाई समेट्दै हरेक क्षेत्रका आर्थिक समाचारलाई प्रमुखताका साथ अग्रपंक्तिमाा रहेर प्रकाशन गर्नेछ । यस अनलाइनले देशमा सञ्चालनमा रहेका र खुल्ने क्रममा रहेका अटो, बैंक, वित्त, उद्योग व्यापार, कलकारखाना, शेयरमार्केट, पूर्वाधार निर्माणसम्बन्धी उद्योगलगायत सबै क्षेत्रका व्यवसायलाई ग्राह्यता दिई समाचार प्रकाशन गर्दै त्यस्ता व्यवसायको प्रवद्र्धन गर्नमा सहयोग पु¥याउने अठोट गरेको छ ।
आम पाठकका समयसान्दर्भिक चाहना र रोजाइका समाचार प्रकाशन गर्दै देशमा भइरहेका आर्थिक भ्रष्टाचारहरूलाई समेत उदाङ्गो पार्ने प्रयासमा यस अनलाइनले कुनै कञ्जुस्याइँ गर्ने छैन । यसका लागि आम पाठकवर्गको सहयोगको अपेक्षा गरेका छौं । आवाजविहीनहरूको आवाज बन्न तथा लोकतन्त्र, मानवअधिकार, राष्ट्रियता एवम् जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि दबाबमूलक भूमिका निर्वाह गर्ने कार्यलाई हामीले आफ्नो ठाउँबाट जिम्मेवार पहल गर्नेछौं । यसैलाई अर्जुनदृष्टि बनाउने संकल्प पनि हामीले गरेका छौं । आर्थिक पाटीे अब तपाईं, हाम्रो अनि सबैको सञ्चारमाध्यमको पाटी हुनेछ । समाजका सबै वर्ग, पेशा र व्यवसायमा लागेकाहरूको साझा चौतारी बन्नेछ । हामीले पस्किने सूक्ष्म र स्थूल दुवैखाले समाचारले आर्थिक क्षेत्रमा चासो हुने तथा नहुने सबै नेपालीको मन जित्नेछ र यो अनलाइन पत्रिका सबैको प्रिय अनलाइन बन्नेछ भन्नेमा हामी विश्वस्त छौं ।
आदरणीय पाठकवृन्द, तपाईहरूको खबरदारी र निगरानी नै हाम्रा लागि सफलताको खुट्किलो हो । सबैको सहयोगविना सत्य, निर्भिक एवम् व्यावसायिक पत्रकारितामार्फत रखवाली गर्दै मुलुक तथा जनताका पक्षमा सूचनाको प्रकाश छर्नु ‘आर्थिक पाटी’ का लागि असम्भव पनि हुनेछ । त्यसैले आमपाठक र शुभचिन्तकहरूसँग हामीले यो अपेक्षा राखेका हौं । हामीसँगको निरन्तर सम्पर्कले आमपाठक, सामथ्र्यहीन भएका र बनाइएका जनता, राष्ट्र र राष्ट्रिय स्वार्थप्रति हामीलाई थप प्रतिबद्ध बन्दै जाने प्रेरणा प्राप्त हुनेछ । आशा छ, ‘आर्थिक पाटी’को अनलाइन प्रकाशनसँगै यसको गतिले सबैको माया र साथ पाउनेछ ।
स्थानीय समसामयिक आर्थिक गतिविधिका अलावा हाम्रा प्रस्तुतिहरू विशेष रूपमा नेपाली बजारमा आएका नयाँनयाँ उत्पादन तथा दैनिक उपभोग्य सामानका विभिन्न ब्राण्डको बजार, त्यसको अवस्था, समस्या, सम्भावनालगायतको तथ्यांकीय विश्लेषण पनि हुनेछन् । जसले गर्दा आम उपभोक्तालाई बजारमा आएका हरेक सामानहरूको गुणस्तर, बजारलगायतका विषयमा जानकारी प्राप्त हुनेछ ।
हाम्रो यात्रालाई अनवरत रूपमा अगाडि बढाइरहन आमपाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकहरूले सहयोग एवम् खबरदारी गरी नै रहनुहुनेछ भन्ने आशा र विश्वास लिएका छौं ।
धन्यवाद !