एनसेलले ल्यायो ‘फुच्चे प्याक |
काठमाडौं (आपास) । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आजदेखि ग्राहकहरुको हितका लागि डाटा सेवाअन्तर्गत अर्को नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘फुच्चे प्याक’ नाम योजना बजारमा ल्याएको हो ।
उक्त योजनाअन्तर्गत एनसेलका ग्राहकले करबाहेक मात्र रु ५ मा २५ एमबी डाटा भोलुमको मज्जा लिन सक्ने कम्पनीले जानकारी दिएको हो । आज आइतवारदेखि लागू भएको उक्त योजनाअन्तर्गतको २५ एमबी डाटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजी, थ्रिजी तथा फोरजीमा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सक्नेछन् ।
सो योजनामा सहभागी हुन ग्राहकले आफ्नो म्यासेज बक्समा ५ टाइप गरी १७१२३ मा एसएमएस पठाउनुपर्ने कम्पनीले बताएको छ । यो डाटा प्याक सुचारु भएको दिनदेखि ९० दिनका लागि मान्य रहनेछ ।