देशभर ३० हजार पाँच सय ६६ जना राख्ने क्षमताको क्वारेन्टाइन निर्माण |
काठमाडौं । देशैभर गरी ३० हजार पाँच सय ६६ जना राख्न सक्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तह मिलेर क्वारेन्टाइन व्यवस्था गरिएको जानकारी दिए ।
राष्ट्रका नाममा मंगलबार सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अहिले नौ हजार एक सय ६८ जना क्वारेन्टाइनमा रहेको बताए ।
‘३० हजार पाँच सय ६६ जना राख्न सकिने गरी क्वारेन्टाइन केन्द्र व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नौ हजार एक सय ६८ जना क्वारेन्टाइनमा हुनुहुन्छ ।’
देशैभर गरी तीन हजार दुई सय ५९ आइसोलेसन बेड तयारी अवस्थामा रहेको उनले बताए । ‘आइसोलेसन बेडमा ९५ जना उपचाररत हुनुहुन्छ,’ उनले भने ।
कोरोनाभाइरस परीक्षण सातै प्रदेशबाट शुरू गरिसकिएको प्रधानमन्त्री ओलीले बताए । ‘द्रुत परीक्षण शुरू गरिसकेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘सातै प्रदेशमा पिपिईलगायत स्वास्थ्य सामग्री पठाइसकिएको छ ।’
Visited 1 times, 1 visit(s) today