बेस्ट फाइनान्सको सीईओमा अधिकारी नियुक्त |
काठमाडौं (आपास) । बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त भएका छन् । उनलाई बिहीवार बसेको कम्पनीको बैठकले सो पदमा नियुक्त गरेको हो ।
बैठकले आगामी दुई वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष पदमराज न्यौपानेले जानकारी दिए । नवनियुक्त सीईओ अधिकारीले शुक्रवारदेखि नै अपाm्नो जिम्मेवारी सम्हालेका छन् ।
नवनियुक्त सीईओ अधिकारीसँग विभिन्न बैंक तथा फाइनान्समा १७ वर्ष काम गरेको अनुभव छ । उनले यसअघि माछापुच्छ्रे बैंक, कास्की फाइनान्स, कास्की फाइनान्स, कामना विकास बैंक, सेवा विकास बैंक, कामना सेवा विकास बैंकलगायतमा काम गरिसकेका छन् ।