कोराना संक्रमितसँगै आएका दाङका दश युवाको पहिचान खुल्यो, अस्पताल ल्याउने तयारी |
काठमाडौं । कोरोना संक्रमित २१ वर्षीय युवासँगै भारतबाट आएका दाङका १० युवाको पहिचान खुलेको छ । कैलालीका एक युवामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि उनीसँगै भीडमा रहेकाको खोजी कार्य भइरहेको छ । चैत ११ गते गौरीफन्टा नाकामा नेपाल प्रवेश पाउनुपर्ने माग गर्दै संक्रमित ती व्यक्तिसहितको ठूलो भीड लागेको थियो ।
सो भीडमा रहेकामा दाङ देउखुरीअन्तर्गत लमही नगरपालिका वडा नं ५ का २० वर्षीय शेरबहादुर कुमाल, सोही ठाउँका २५ वर्षीय रमेश मल्ल, राजपुर गाउँपालिका ७ का २६ वर्षीय अमर कुमाल, सोही ठाउँका १९ वर्षीय रामसागर थारु छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिका ४ का २२ वर्षीय टिकाराम रोका, सोही ठाउँकै २२ वर्षीय पदमकुमार रोका, २९ वर्षीय दिपक पुन, २६ वर्षीय मोहन रोका र १७ वर्षीय जीवन रोका संक्रमित व्यक्तिसँगैको भीडमा रहेको खुलेको छ ।
पश्चिम दाङको बबई गाउँपालिका २ का १९ वर्षीय दशरथ परियार पनि उक्त दिन सँगै आएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले दशैजनाको खोजी शुरु भएको जानकारी दिए ।
‘हामी उनीहरु सबैलाई खोजेर बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउने तयारीमा छौं,’ प्रजिअ रिजालले भने ‘ हेरौँ कतिलाई आज ल्याउन सकिन्छ ।’
Visited 1 times, 1 visit(s) today