केएल मोबाइल मेला भोलिदेखि | अफरै अफर, एक्सचेञ्जसँगै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाइल
काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबको आयोजनामा केएल मोबाइल मेला सञ्चालन हुने भएको छ । कम्पनीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर भोलि शनिवारदेखि २ सातासम्म चाबहिलस्थित केएल मोबाइल हबमा मोबाइल मेला आयोजना गर्न लागेको हो ।
मेलामा जिरो डाउन पेमेन्टका साथ शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल पनि किस्ताबन्दीमा खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । मोबाइल हबका अनुसार मेलामा ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने मोबाइल हबका विक्री प्रबन्धक सन्दीप उप्रेतीले बताए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ ।
केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ । शुन्य प्रतिशत डाउनपेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ । अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सीटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्यूरोड तथा द वल्र्ड भिजन मोबाइल सीटीसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ ।
ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारिताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने कम्पनीले बताएको छ । मेलामा सहभागीहरुलाई आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल वितरण प्रदान गरिने पनि कम्पनीले जानकारी दिएको छ ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने योजनासमेत राखिउको उक्त मेलामा मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उप्रेतीले जानकारी दिए ।
मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले भने, ‘मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा विक्री हुनेछ । मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले मोबाइल मेलाबाट फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’