रिचार्जर एप्सको नयाँ अफर | शून्य प्रतिशत ब्याजदरमा मोबाइल
काठमाडौं (आपास) । ग्लोबल की–टेक्नोलोजी प्रालिको मोबाइल एप्स ‘रिचार्जर’ले शून्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डका मोबाइल पनि किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो योजना सार्वजनिक गरेको हो । रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने कार्यक्रम रहेको छ ।
उक्त योजनामा मोबाइल र मूल्यअनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जति पनि मूल्यका मोबाइल शून्य प्रतिशत ब्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । सो योजनामा सीमित ब्राण्डका मोबाइलको खरिदमा शून्य प्रतिशत डाउन पेमेण्टको व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउन पेमेण्ट गरी शून्य प्रतिशत ब्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।
उक्त योजनामा सहभागी बन्न ग्राहकले आफ्नो नागरिकता, रोजगारिताको प्रमाणपत्र र आम्दानीविवरणको कागजात उपलब्ध गराउनुपर्नेछ । यो योजना हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।
रिर्चाजर एप्समार्फत ई सेवा, आईएमई पेलगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इण्टरनेट बैंकिङ सेवा, एससीटी, मास्टर र भिसाका डेबिट तथा क्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरिद गर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकटसमेत भारी छुटमा किन्न सकिन्छ ।