एनआईसी एशिया र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकका सबै शाखाबाट सहज रुपमा सिटिजन लाइफको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जानकारी दिएको छ । एनआईसी एशिया बैंकले मुलुकभर २ सय ३३ शाखा कार्यालयहरु, २ सय २४ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।